काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको खर्च दर सन्तोषजनक नभएको बताएकी छिन् ।
आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक अवधिको प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले खर्चको दर सन्तोषजनक नदेखिएको बताइन्।
उनले बाँकी अवधिमा सबै निकायका प्रमुखहरूले आफ्नो जिम्मेवारी प्राथमिकताका साथ पूरा गर्न आग्रह गरिन्।
उनले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण कतिपय काम प्रभावित भएको बताइन् । उनले त्यसले सरकारी काममा अवरोध नपुर्याउने गरी उच्च मनोबलका साथ लक्ष्य पूरा गर्नुपर्ने अवस्था आएको उनले बताइन् ।


