काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । बैठक दिउँसो तीन बजे गृह मन्त्रालयमा बस्ने तय भएको छ ।
बैठकमा गृह मन्त्रालयका सचिव, नेपाली सेनाका एकजना रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख लगायतको सहभागिता हुनेछ । बैठकमा मुख्यगरी शान्ति सुरक्षाको व्यवस्थाबारे छलफल हुने बताइएको छ ।


