कातिक ३०, काठमाडौं । अर्थ मन्त्रालयले आज मन्त्रालय अन्तरगत विभिन्न निकायमा कार्यरत २५ उपसचिवको सरुवा गरेको छ । आज सरुवा भएका उपसचिवहरूमा कमल लामिछाने, भीम प्रसाद आचार्य, मञ्जु अधिकारी, संगीता घिमिरे सुवेदी, उषा पोखरेल, नारायण प्रसाद रेग्मी, अर्जुन न्यौपाने, राम प्रसाद पाठक रहेका छन् ।
यसैगरी हरिहर पौडेल, शिबलाल न्यौपाने, पुण्य प्रसाद रिजाल, सावित्रा कुमारी शर्मा ढुङ्गाना, दिपेन्द्र प्रकाश गिरी, यम राज पाण्डेको पनि सरुवा भएको छ ।
को कहाँ पुगे ?



