काठमाडौं । आज धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ३९।९२ अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक १.५५ प्रतिशतले बढेर २६००.२२ विन्दुमा बन्द भएको हो ।
साताको पहिलो कारोबार दिन कारोबार रकम पनि ६ अर्ब नाघेको छ। कुल १ करोड ३३ लाख कित्ता बिक्रीपछि ६ अर्ब २८ करोडको किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
आइतबार २३७ वटा सेयरको मूल्य बढ्दा १८ वटाको घटेको र दुईवटाको अघिल्लो मूल्यमै कारोबार भएको छ। आइतबार सामूहिक लगानीबाहेक बाँकी सूचक बढेको नेप्सेले जनाएको छ।


