काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ३७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । ।
चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला तीन हजार १० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला दुई हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।


