काठमाडौं । गृह मन्त्रालयले गत भदौं २३ र २४ मा भएको जेनजी आन्दोलनमा मृत्यु भएका मध्ये शहीदको सूचीमा परेका ४५ जनाको नाम जिल्ला प्रशासन कार्यालयमा राख्न पत्राचार गरेको छ ।
मन्त्रालयले आज ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै तीन दिनभित्र प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा राख्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो । गृहमन्त्री ओमप्रकाश अर्यालले उक्त व्यवस्था गर्नेसम्बन्धी आजै मन्त्रिस्तरीय निर्णय गरेको मन्त्रालयले जनाएको छ ।
गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा मृत्यु भएकामध्ये ४५ जनालाई सरकारले सहिद घोषणा गरेको थियो ।


