काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले तीन दलका शीर्ष नेतृत्वलाई छलफलमा बोलाएका छन् । पौडेलले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक प्रचण्डलाई छलफलमा बोलाएका हुन् ।
राष्ट्रपतिको कार्यालयले बुधबार ९आज० दिउँसो ३ बजे कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल हुने जनाएको छ ।


