काठमाडौं । सहसचिव मीरा आचार्य वैदेशिक रोजगार विभागको महानिर्देशकमा नियुक्त भएकी छन् ।
उनलाई श्रममन्त्री राजेन्द्रसिंह भण्डारीले मन्त्री स्तरीय निर्णय गर्दै विभागको जिम्मेवारी दिएका हुन् । उनले आजै विभागमा गएर कार्यभार सम्हालिसकेकी छिन् ।
२०६९ असोजमा महिला कोटाबाट शाखा अधिकृत बनेकी मिरा आचार्य आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव बनेकी हुन्।
२०८१ वैशाखमा आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव बन्ने मिरा एक्ली महिला हुन्। केही दिनअघि मात्रै उनको सामान्य प्रशासन मन्त्रालयबाट श्रम मन्त्रालयमा सरुवा भएको थियो ।


