काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
महाराजगन्जमा दुई नेताबिच भेटवार्ता भएको ओलीको सचिवालयले जनाएको छ । भेटका क्रममा एमाले र कांग्रेसले सर्वोच्चमा लैजान लागेको मुद्दासहित समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।
हालै सम्पन्न महाधिवेशनपछि तेस्रोपटक पार्टी नेतृत्वमा आएका ओलीले राजनीतिक भेटघाट सुरू गरेका छ्न् । संसद पुनस्स्थापनाको मुद्दामा कांग्रेस(एमाले एकठाउँमा आएका छन् ।


