काठमाडौं । मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नासु र खरिदार १७९ जना कर्मचारीहरुको सरुवा गरेको छ ।
मन्त्रालयले बुधबारको निर्णय अनुसार,१०८ नायब सुब्बा,२७ कम्युटर अपरेटर र २ सर्भेक्षक,१ जना मेकानिकल इञ्जिनियर गरी १३८ जना नायब सुव्बाहरुको सरुवा गरेको हो ।
यस्तै मन्त्रालयले ४१ जना खरिदारहरुको सरुवा गरेको छ । मन्त्रालयले विभिन्न मन्त्रालय,कार्यालय,जिल्लास्थित कार्यालय,प्रदेशस्थित कार्यालयहरुमा कार्यरत रहेका ती कर्मचारीहरुको सरुवा गरेको जनाएको छ ।


