काठमाडौं । निर्वाचन आयोगले आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ।
आइतबार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी नेतृत्वको आयोगको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा आचारसंहितबारे जानकारी गराएको हो। आयोगका तर्फबाट आचारसंहितबारे विशेष प्रस्तुतीकरण गरिएको थियो
निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आवश्यक भएकाले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले आचारसंहिता बनाई लागू गरेको उनले बताए ।


