काठमाडौं । निर्वाचन आयोगले विशेष अधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूह सर्वोच्च अदालत जाँदै छ ।
देउवा समूहको शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध राजनीतिक र कानुनी रुपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो । कानुनी पाटोको जिम्मा तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिइएको थियो ।
खड्का अहिले रिट तयार पार्नका लागि कानुन व्यवसायीहरुसँग छलफलमा छन् ।


