काठमाडैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले रिक्त रहेको भक्तपुर मालपोत प्रमुखमा अर्जुन राईलाई पठाएको छ ।
राईको गत पुस २० गते सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहबाट मात्रै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएको थियो ।
भूमि व्यवस्था मन्त्री कुमार इङ्गनामले केही समयअघि मात्रै भक्तपुर मालपोत प्रमुख माधव घिमिरेको सरुवा गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भनेलगत्तै मन्त्रालयले गत पुस २० मा मन्त्रालयमा तानेको थियो । त्यसपछि उनलाई जिल्ला समन्वय समितिको कार्यालय संखुवासभामा सरुवा गरिएको छ । मन्त्रालयको सरुवा विरुद्ध घिमिरे प्रशासकीय अदालत गएका छन् ।


