काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्रको लिखित परीक्षामा अनियमितता भएको आशंकामा यातायात व्यवस्था कार्यालय चाबहिलका १७ कर्मचारी र ट्राफिकको मोबाइल जफत गरेको छ ।
अख्तियारले चाबहिल यातायात कार्यालयका कार्यालय प्रमुख पेशलकुमार पोखरेल (नवौं तह) सहित १७ जना कर्मचारीको २५ थान मोबाइल फोन नियन्त्रणमा लिएको छ। यसै प्रकरणमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा कार्यरत असई डोरहरि नेपालसहित तीन जना ट्राफिक प्रहरीको मोबाइल समेत जफत गरिएको छ।
कर्मचारीहरूले बिचौलियामार्फत सवारी चालक अनुमति पत्रको लिखित परीक्षामा फेल भएकाहरू खोजेर प्रत्येक व्यक्तिसँग ५ हजार रुपैयाँदेखि १० हजार रुपैयाँ संकलन गरेको आरोप छ।


