काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले अपारदर्शी कारोबारलाई नियन्त्रण गर्नकै लागि नगद कारोबारको सीमा घटाइएको बताएका छन् ।
राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिकोत्सवका अवसरमा शनिबार ९माघ ११० काठमाडौंमा आयोजित कार्यक्रममा उनले कतिपय क्षेत्रमा अझै पनि अपारदर्शी ढंगले काम भइरहेको उल्लेख गरे ।
गलत तरिकाले आर्जन गरिएको कालो धनलाई सेतो बनाउने माध्यमका रूपमा ती निकाय प्रयोग भइरहेकाले अपारदर्शी कारोबारलाई नियन्त्रण गर्न नगदी सीमा घटाइएको उनले बताए ।
उनले बैंक तथा वित्तीय संस्थाले अरू निकायको तुलनामा हालसम्म राम्रै काम गरेको उल्लेख गरे । अझै सावधान हुनुपर्ने आवश्यकता रहेको उनले औँल्याए ।


