काठमाडौं । किशोरीहरुको लागि खेलौना बनाउने तालिममा विनियोजित भएको रकम हिनामिना गरेको अभियोगमाअख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसचिव,लेखापालसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ
सर्लाहीको बलरा नगरपालिकाका नगर प्रमुख रामा शंकर प्रसाद कुशवाहासहित प्रमुख प्रशासकीय अधिकृत सुशील कुमार साह, वडा नम्बर ५ का अध्यक्ष मनोजमोहनकुमार सिंह, राजकुमार महतो, योजना शाखा प्रमुख उदयकुमार साह, शान्ति विकास कल्याण केन्द्र गौरका सविन्द्रनारायण साह, सदस्य कुमार पासवान र जाजुल मियाँ कवारीविरुद्ध मुद्दा दायर गरिएको छ। तालिम नै नदिई नक्कली बिल बनाएर बजेट हिनामिना गरेको देखिएपछि मुद्दा दायर गरिएको हो ।


