काठमाडौं । आज पनि सेयर बजार १७ अंकले गिरावट आएको छ ।
आज कारोबार रकम भने बुधबारको तुलनामा वृद्धि भएको छ। आज सेयर किनबेचबाट १४ अर्ब ५६ करोड ३१ लाख ३८ हजार ८६५ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
नेप्से परिसूचक दोहोरो अंकले घट्दा आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। हिमालयन दोलखा हाइड्रोपावरको सेयर सर्वाधिक ९.२३ प्रतिशतले बढ्यो।
तीन कम्पनीको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भयो। कर्पोरेट डेभलपमेन्ट बैंक,मैथिली लघुवित्त वित्तीय संस्था र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर १० प्रतिशतले ओरालो लाग्यो। कारोबार रकमका आधारमा नगदी ग्रुप शीर्षस्थानमा रह्यो।


