काठमाडौं । ५६ जना शाखा अधिकृत उपसचिव पदमा बढुवाका लागि सिफारिस भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै रिक्त रहेका उपसचिव पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरिएको जनाएको हो।
बढुवा समितिको बुधबारको निर्णयअनुसार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह (राजपत्रांकित द्वितीय श्रेणी) अन्तर्गत ३७ जना, लेखा समूह अन्तर्गत ४ जना तथा राजस्व समूह अन्तर्गत १५ जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरिएको छ।


