काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार १३ अंक घटेको छ । बजार १३.३५ अंक घटेको हो । अघिल्लो दुई दिन बढेको बजार बुधबार भने घटेको छ । यससँगै बजार सूचक २६३५.९४ विन्दुमा झरेको छ ।
आज ३२३ कम्पनीको एक करोड छ लाख ३३ हजार ७१७ कित्ता शेयर ७२ हजार ४७४ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब १७ करोड ५० लाख ९१ हजार ९९१ दशमलव ६० को कारोबार भएको छ ।


