काठमाडौं । आज पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला चार हजार १०० रुपैयाँले बढेको हो ।
आज सुन प्रतितोला दुई लाख ७४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि तोलामा २०५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार १९५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो । जुन हालसम्मकै उच्च हो ।


