काठमाडौं । साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक २७.१९ अंकले बढेर बन्द भएको छ।
यस दिन लगानीकर्ताले ११ अर्ब ५८ करोडको किनबेच गरेका हुन्। नेपाल स्टक एक्सचेन्जका अनुसार ३ करोड ५५ लाख कित्ता किनबेचपछि कारोबारको ग्राफ बढेको हो।
आज २०१ वटा सेयरको मूल्य बढ्दा ५५ वटाको घटेको र ४ वटाको अघिल्लो मूल्यमा कारोबार भएको छ। बढेकामध्ये कालिञ्चोक दर्शन, सुपर माई हाइड्रो र मोदी इनर्जीको सेयरमा सर्किट लाग्दा रिडी पावर कम्पनी र खानीखोला हाइड्रोको सेयर पनि सर्किट हाराहारीमै बढेका छन् ।


