काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने विशेष अदालतको आदेश सर्वोच्च अदालतले आदेश सदर गरिदिएको छ ।
शुक्रबार सर्वोच्चले अदालतले पनि विशेष अदालतले गरेको पुर्पक्षका लागि थुनामा राख्ने आदेशलाई सदर गरेको हो। सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको संयुक्त इजलासले विशेषकै आदेशलाई सदर गरेको हो।
यसअघि मंसिर २१ मा विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले अधिकारीलाई थुनामा राख्न आदेश दिएको थियो। त्यसका विरुद्ध उनी गत पुस २१ गते सर्वोच्च अदालत पुगेका थिए।
नलिनचोक हेलिपोर्ट निर्माणमा १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ ७७ पैसा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो।


