काठमाडौं । विशेष अदालतले पोखरा विमानस्थल निर्माणको भ्रष्टाचार मुद्दामा मुछिएका पाँचजना आरोपितहरुलाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको छ ।
विशेषका न्यायाधीशहरु नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासले सोमबार यस्तो आदेश दिएको हो ।
पूर्वसचिवहरु मधुकुमार मरासिनी, मोहनकृष्ण सापकोटा, सुमनप्रसाद शर्मा, पूर्वउपसचिव प्रेमनाथ उपाध्याय र नेपाल नागरिक तत्कालीन प्रबन्धक रामचन्द्र सुवेदीलाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको हो ।
विशेष अदालतले पुर्पक्ष थुनामा राख्ने अवस्था नभएको र धरौटी पनि माग्नु नपर्ने प्रावधानको कानूनी दफा उद्धृत गर्दै उनीहरुलाई साधारण तारिखमा रिहा गरेको हो ।


