काठमाडौं । जिल्ला प्रशासन कार्यालय नवलवरासी (बर्दघाट सुस्ता पश्चिम)ले निर्वाचन आचारसंहिताविपरीतका गतिविधि नगर्न आग्रह गरेको छ ।
मंगलबार सहायक प्रमुख जिल्ला अधिकारी पोषनराज भण्डारीले पत्र लेखेर लामिछानेलाई आचारसंहिता विपरितका गतिविधि नगर्न भनेका हुन्।
पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी एवम् निर्वाचन आचारसंहिता अनुगमन अधिकृत पोषन राज भण्डारीले जारी गरेको सूचनामा भनिएको छ, ‘मिति २०८२ साल माघ २७ गते यस जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ रहेको सूचना प्राप्त हुन आएकाले सो सम्बन्धमा निर्वाचन आचारसंहिता २०८२ आकर्षित हुने गरी निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नगर्नु, नगराउनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।’


