काठमाडौं । नेपाल सरकारले आफ्नो भिसा नीतिमा हेरफेर गर्दै इरानी नागरिकका लागि ‘अन–अराइभल’ भिसा सुविधा बन्द गर्ने निर्णय गरेको छ ।
सरकारी र कूटनैतिक राहदानीबाहक बाहेकका इरानी नागरिकले अब विदेशस्थित नेपाली दूतावासबाट भिसा लिएर मात्र नेपाल प्रवेश गर्न मिल्ने विभागले जनाएको छ ।
नेपालले यसअघि नाइजेरिया, घाना, जिम्बाब्बे, स्वाजील्याण्ड, क्यामरुन, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेस्टीन, अफगानिस्तान र सिरियाका नागरिकलाई अन अराइभल भिसामा रोक लगाउँदै आएको थियो ।


