काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध सर्वोच्च अदालतमा दायर भएको बन्दीप्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदैछ ।
नेकपा ९एमाले०का अध्यक्ष ओलीका तर्फबाट उनकी पत्नी राधिका शाक्यले गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै आइतबार ९चैत १५० बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी हुन् । रिट निवेदकका तर्फबाट सर्वोच्चमा बहसपछि ओलीको थुनाबारे टुंगो लाग्नेछ ।
रिटमा जाँचबुझ आयोगको प्रतिवेदनकै आधारमा मात्र पक्राउ गरी थुनामा राखिएको कदम गैरकानूनी भएको दाबी गरिएको छ।
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली गत शनिबार पक्राउ परेका थिए ।


