काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा २ हजार ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज बजारमा सुन प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार रुपैयाँ रहेको थियो ।
सुनसँगै आज चाँदीको मूल्य पनि सामान्य घटेको छ । महासंघका अनुसार चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।


