काठमाडौं । आज पनि सेयर बजार परिसूचक नेप्से सामान्य बढेको छ । आज नेप्से परिसूचक पाँच अंकले बढेको हो ।
आज ३४२ कम्पनीको तीन करोड ८० लाख ७३ हजार ९४५ कित्ता शेयर एक लाख ५६ हजार ३८१ पटक खरिदबिक्री हुँदा रु १५ अर्ब ७८ करोड ६३ लाख १३ हजार ४४० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।आजको कारोबारमा बैङ्किङ शून्य दशमलव २७, विकास बैङ्क शून्य दशमलव ५०, होटल तथा पर्यटन शून्य दशमलव ८६, जीवन बिमा शून्य दशमलव ४८, निर्जीवन बिमा शून्य दशमलव ०४ र अन्य समूह शून्य दशमलव ५९ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ ।


