काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डमा क्रियाशील राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन आधिकारिक रुपमा भंग भएको छ ।
नयाँ सरकार बनेपछि १ सय दिन भित्र गर्ने कममा कर्मचारी युनियन हटाउने विषय पनि समावेश थियो । सरकारले अघि सारेको शासकीय सुधार र मितव्ययिताको योजनालाई साथ दिँदै युनियनले आफ्नो अस्तित्व समाप्त भएको घोषणा गरेको हो ।
सूचनामा भनिएको छ, ‘निर्णयलाई स्वागत गर्दै यस कार्यालयमा गठन भएको राष्ट्रिय परीक्षा बोर्ड, कर्मचारी युनियन मिति २०८२ चैत १५ गतेबाट भंग गरिएको बेहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ।’



