काठमाडौं । मंगलबार र बुधबार गिरावट आएको नेप्से आज भने २३.८७ अंकले बढेको छ ।
आज चार करोड १६ लाख ८६ हजार ४०५ कित्ता सेयर एक लाख ३० हजारपटक किनबेच हुँदा १४ अर्ब ५५ करोडभन्दा बढीको कारोबार भएको छ । अघिल्लो दिन १३ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।
नेप्सेका अनुसार, ३३५ कम्पनीको कारोबार भयो, जसमा १७६ कम्पनीको मूल्य बढ्यो, ७७ को घट्यो भने नौवटाको स्थिर रह्यो ।


