काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। आज छापावाल सुनको मूल्य तोलामा ४८ सय घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । यस दिन तोलामा २२५ रुपैयाँले घटेर पाँच हजार २७० रुपैयाँ कायम भएको छ ।


