काठमाडौं । नयाँ सरकार बन्ने भएसँगै उकालो लागेको सेयर बजार विहीबार पनि उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४ दशमलव ६९ अंकले हो ।
आज २४० कम्पनीको शेयर मूल्य बढ्दा २२ कम्पनीको घटेको छ भने दुई वटा कम्पनी स्थिर रहेका छन् । आज ३४२ कम्पनीको पाँच करोड ६९ लाख २० हजार ६०८ कित्ता शेयर एक लाख ९१ हजार २५१ पटक खरिदबिक्री हुँदा २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार ८८६ दशमलव ९८ को कारोबार भएको नेप्सेले जनाएको छ ।
आज सबै समूहका सूचक बढेका छन् ।


