काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा वृद्धि भएको छ । आज नेप्से परिसूचक २३ दशमलव ८३ अंकले बढेर दुई हजार ९६० दशमलव ४० को बिन्दुमा पुगेको छ ।
आज ३४१ कम्पनीको तीन करोड ५८ लाख २२ हजार १९१ कित्ता सेयर एक लाख २६ हजार ९४७ पटक किनबेच हुँदा १४ अर्ब ८३ करोड ९१ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो ।
आजको कारोबारमा बैंकिङ शून्य दशमलव ६७, विकास बैंक एक दशमलव ३८, वित्त शून्य दशमलव ५१, जलविद्युत् एक दशमलव ३२, लगानी शून्य दशमलव ११, उत्पादन तथा प्रशोधन शून्य दशमलव ८६, म्युचुअल फन्ड शून्य दशमलव २५ र व्यापार समूह नौ दशमलव १२ प्रतिशतले बढेको छ । अरू सबै समूहको उपसूचक घटेको छ ।


