काठमाडौं । गृहमन्त्री सुधन गुरुङ पोखराको फेवाताल जग्गा प्रकरणमा मुछिएपछि उनको सचिवालयले स्पष्टिकरण दिँदै उनी आफैँ ठगिएको दाबी गरेको छ ।
गृहमन्त्री गुरुङले सर्वोच्च अदालतको आदेशबमोजिम फेवातालको जग्गा मिचेर बनाइएको संरचना हटाउन पोखरा महानगरसँग मिलेर अभियान चलाइरहेका बेला उनले लिजमा लिएको जग्गासमेत अतिक्रमणभित्रकै रहेको पाइएको हो ।
जग्गा लिजमा लिँदा जग्गा धनीले अतिक्रमित जग्गा भन्ने तथ्य लुकाई झुक्याइ लिजमा दिएर ठगेको भन्दै मन्त्री गुरुङसहित तीन जना साझेदार कानुनी उपचारमा जाने तयारी गरेको उनको सचिवालयले जनाएको छ ।


