काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७८ जना शाखा अधिकृतको एकसाथ सरुवा गरेको छ । मन्त्रालयले बिहीबार रिक्त रहेका गाउँपालिकाहरुमा उनीहरुलाई खटाएको हो ।
विभिन्न मन्त्रालय वा त्यस अन्तर्गत रहेका उनीहरुलाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा पठाइएको हो । सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले रिक्त रहेका स्थानमा प्रमुख प्रशासकीय अधिकृत पठाउने कामलाई तीब्रता दिएकी छिन् ।









