काठमाडौं । नेपाली बजारमा आज एकैदिन सुनको मूल्य ७२ सय बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुन दुई लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो दुई लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । आज तोलामा २०५ रुपैयाँले बढेर पाँच हजार २५ रुपैयाँ कायम भएको छ ।


