काठमाडौं । आज सेयर बजार सूचक नेप्से ४५ अंकले बढेको छ । बुधबार ३४६ कम्पनीको एक करोड ८८ लाख १६ हजार ८०८ कित्ता शेयर ९८ हजार १६२ पटक खरिदबिक्री हुँदा आठ अर्ब ३१ करोड ८९ लाख आठ हजार ४४१ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज रिलायन्स स्पिनिङ मिल्स, श्रीनगर एग्रिटेक, सोलु हाइड्रो र होटल फरेस्ट इनको सेयरमा सकारात्मक सर्किट लागेको छ ।
कारोबारमा आज एसवाई प्यानल अगाडि छ। कम्पनीको ४६ करोडको सेयर किनबेच भएको हो। यसबाहेक रिलायन्स स्पिनिङको ४२ करोड, शिवम् सिमेन्टको ३७ करोड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ३० करोडको कारोबार भएको छ।


