पेट्रोलियम पदार्थको मूल्यमा भाारी वृद्धि,
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि भएको छ
नेपाल आयल निगमले गतराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १७ र डिजेल र मट्टितेलमा प्रतिलिटर २५-२५ का दरले मूल्यवृद्धि गरेको छ ।
नयाँ मूल्यसूची अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर २१९ पुगेको छ । त्यसैगरी डिजेल र मट्टितेल प्रतिलिटर २०७ पुगेको छ । खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर २०१० पुगेको छ । त्यस्तै हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर २५७ कायम गरिएको छ ।


