काठमाडौं । सरकारले आइतबार समेत बिदा दिने निर्णय गरेपछि शेयर कारोबार शुक्रबार पनि खुल्ला हुने भएको छ । आज बसेको नेपाल स्टक एक्सचेन्ज ९नेप्से० सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले आइतबारको सट्टा शुक्रवार कारोबार खोल्ने निर्णय गरिएको जानकारी दिए ।
यसअघि शुक्रवार शेयर कारोबार बन्द हुने गरेको थियो । साताको पाँच दिन आइतबारदेखि बिहीबारसम्म शेयर कारोबार हुँदै आएकोमा अब सोमबारदेखि शुक्रवारसम्म कारोबार हुने भएको छ ।


