काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०५.५० अंकले घटेको छ । आज १२ अर्ब ३८ करोड ९ लाख १४ हजार रुपैयाँको कारोबार हुँदा नेप्से घटेर २६७६.६८ विन्दुमा पुगेको हो ।
आज ६ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा बढ्यो । जसमा रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिजलाइन इनर्जी, होटेल फरेस्ट इन, सुपरखुदी हाइड्रो र सूर्यकुण्ड हाइड्रो छन् ।
आज नेप्सेमा आएको गिरावटसँगै सबै समूहको उपसूचक पनि नकारात्मक बन्न पुगेको छ ।


