काठमाडौं । आइतबार १०५ अंकले घटेको सेयर बजार सूचक सोमबार भने ८३.३३ अंकले बढेको छ। सोमबार बिहान स्टक ब्रोकरसँगअर्थमन्त्री वाग्लेले छलफल गरेपछि नेप्सेमा उच्च बृद्धि भएको हो ।
सोमबार ३४५ कम्पनीका दुई करोड ५१ लाखभन्दा बढी कित्ता सेयर किनबेच हुँदा १० अर्ब ९२ करोड ८५ लाख रुपैयाँको कारोबार भयो ।
कारोबारमा रिलायन्स स्पिनिङ मिल्स अगाडि छ। कम्पनीको मात्रै १ अर्ब १३ करोडको सेयर किनबेच भएइको छ।
त्यसैगरी हिमालयन रिइन्स्योरेन्सको ५४ करोड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ४८ करोड, अपि पावर ३१ करोड र रिडी पावर ३० करोडको कारोबार भएको छसोमबार ३४५ कम्पनीका दुई करोड ५१ लाखभन्दा बढी कित्ता सेयर किनबेच हुँदा १० अर्ब ९२ करोड ८५ लाख रुपैयाँको कारोबार भयो


