काठमाडौं । डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढेको छ ।
पेट्रोलको मूल्ययथावत् राखिएको निगमको भनाई छ। मध्यपूर्वमा जारी रहेको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धि भइरहेको विज्ञप्तिमा उल्लेख छ।
पेट्रोलियम पदार्थको लागत मूल्य बढी र बिक्री मूल्य कम भएको कारणले मूल्य समायोजन गर्दा समेत पेट्रोलमा प्रति लिटर रु २.३२, डिजेलमा प्रति लिटर रु ८७.९९, मट्टितेलमा रु. ३६.७० र एलपी ग्यासमा प्रति सिलिण्डर ३३१.२५ घाटा कायम नै रही १५ दिनमा करिब ७ अर्ब ८१ करोड ६१ लाख घाटा भएको विज्ञप्तिमा उल्लेख छ।


