काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी र त्यसको सट्टापट्टा गरी भ्रष्टाचार गरेको अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महरासहित १० कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारी, राजनीतिक व्यक्ति र तस्करहरूको मिलेमतोमा करिब साढे ८ किलो सुन चोरी-निकासी र हिनामिना गरेको ठहरसहित मुद्दा दायर गरेको हो ।
मुद्दा दायर भएका कर्मचारीहरुमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तत्कालीन भन्सार प्रशासक टिआईए भन्सारकै तत्कालीन प्रमुख भन्सार अधिकृतहरु मुक्ति प्रसाद श्रेष्ठ र अम्बिका प्रसाद खनाल, भन्सार अधिकृतहरु रमेश प्रसाद खतिवडा र सुवेन्द्र श्रेष्ठ, नायब सुब्बाहरु सुवर्णप्रभा केसी, भुवनराज घिमिरे, उमेश प्रसाद कोइराला, मधुसुदन पोखरेल र रेवन्त खड्का रहेका छन् ।
यसका साथै रेशम महरा निर्मल कुमार विक, लोकेन्द्र कुमार पौडेल, दिपेश बस्नेत, गोपाल सुवेदी, दिनेश बस्नेत, वेदप्रकाश अग्रवाल, राम केशव थापा क्षेत्री, अमृत कार्की, निमा गुरुङ, प्रेरणा थापा, ललिता थापा, दिपिका थापा, चिनियाँ नागरिक लि हाङ सङ, दाओजिङ वाङ, बेल्जियम नागरिक दावा छिरिङ, भारतीय नागरिक साहेव राव पाण्डुरङ मरगले र डेक्सटर ट्राभल्स एण्ड टूर कम्पनीविरुद्ध पनि मुद्दा दायर भएको छ ।


