काठमाडौं । सरकारले भूमिहीन सुकुम्बासीको समस्यालाई दीर्घकालीन समाधान गर्ने प्रतिवद्धता जनाएको छ । आज राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
उनले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सुकुम्बासी र भूमि ऐनलाई दीर्घकालिन बासको व्यवस्था गर्ने कार्यक्रम ल्याएको बताए ।
उनले असुरक्षित स्थानमा बसोबास गर्ने भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन समाधान सुरक्षित र उचित बसोबासको व्यवस्थापन गरिने बताए ।


