काठमाडौं नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्दैछ । बैठक बिहान साढे ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्नेछ ।
बैठकमा सचिवालय सदस्यहरुले धारणा राख्नेक्रम आज पनि जारी रहने छ । एमाले उपमहासचिव लेखराज भट्टका अनुसार आज सचिवहरू शेरधन राई, भानुभक्त ढकाल, राजन भट्टराई, खगराज अधिकारीलगायतले धारणा राख्नेछन् ।
आफू निकटकै नेताहरूबाट राजीनामाको दबाब आएपछि अप्ठ्यारोमा परेका अध्यक्ष ओलीले आज जवाफ दिने कार्यसूची छ। ओलीले जवाफ दिनुअघि बोल्न बाँकी नेताहरूले आफ्ना धारणा राख्ने कार्यसूची छ।
एमालेको १९ सदस्यीय सचिवालय सदस्यमध्ये हिजोसम्म बोलेका १४ मध्ये १० जनाले पार्टी पुनर्गठनको पक्षमा धारणा राखिसकेका छन्।


