काठमाडौं । आज एकैदिन सुनको मूल्यमा व्यापक गिरावट आएको छ।
सुनको मूल्य आज तोलामा ५५ सय रुपैयाँ घटेर २ लाख ८५ हजार रुपैयाँमा झरेको छ।
सुनको भाउ हिजो एक हजार रुपैयाँ घटेर २ लाख ९० हजार ५ सय कायम भएको थियो।गएको मंगलबार सुन तोलामा १३ सय रुपैयाँ बढेको थियो।


