काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाली सेयर बजारमा उत्साहजनक वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ३८.१९ अंकले बढेर २,७८३.८५ विन्दुमा पुगेर बन्द भएको छ ।
आज कुल १ करोड ४ लाख कित्ता खरिदबिक्रीबाट ४ अर्ब ६१ करोड रुपैयाँको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
उच्च कारोबारका आधारमा रिलायन्स स्पिनिङ मिल्स, नेशनल हाइड्रोपावर कम्पनी, एसवाई प्यानल नेपाल, रिडी पावर कम्पनी र साहस ऊर्जा लिमिटेड शीर्ष स्थानमा रहेको छ ।


