काठमाडौं । आज सेयर बजार ९.२४ अंक घटेको छ । सो कमीसँगै नेप्से २७७७ अंकमा झरेको छ ।
यसदिन ३४२ वटा स्क्रिप्सको १ करोड १८ लाख ७२ हजार ५०७ कित्ता सेयर ४ अर्ब ८५ करोड ४४ लाख ४४ हजार १७० रुपैयाँमा खरिदबिक्री भए। सोमबार करिब ६ अर्ब बराबरको सेयर कारोबार भएको थियो।
कारोबारमा आएकामध्ये ६९ वटा स्टक्सको मूल्य बढ्दा १९० वटाको घट्यो। बाँकी ११ वटा स्टक्सको मूल्य स्थिर रह्यो। आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। कालिञ्चोक हाइड्रोपावरको सेयर सर्वाधिक ९.२४ प्रतिशतले बढ्यो।


