काठमाडौं । प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारी नियुक्त भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख डीपी अर्यालको सिफारिसमा अधिकारीलाई प्रतिनिधि सभाको सचिवमा नियुक्त गरेका हुन्।
संखुवासभाको खाँदबारी नगरपालिका ३ का स्थायी बासिन्दा अधिकारीले निजामती सेवाको उपसचिव पदबाट केही समय पहिला राजीनामा दिएका थिए ।
अर्याल यसअघि श्रममन्त्री हुँदा अधिकारी निजी सचिव थिए ।


