काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको पारदर्शिता र सुशासनलाई थप कडा बनाउन निर्देशन जारी गरेको छ ।
नेपाल राष्ट्र बैंकले इजाजतपत्रप्राप्त क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाहरूदेखि पूर्वाधार विकास बैंकका लागि एकीकृत निर्देशन, २०८२ मा संशोधन र परिमार्जन गर्दै नयाँ व्यवस्था लागु गरेको हो
नेपाल राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थाहरूलाई सर्कुलर पठाउँदै सञ्चालक, प्रमुख कार्यकारी अधिकृत एवं उच्च व्यवस्थापकीय तहमा नियुक्ति वा मनोनयन गर्दा विभिन्न १० वटा विवरण बुझाउन निर्देशन दिएको हो।


